सत्यको विजयको प्रतीक पाटनको ऐतिहासिक मानमानेश्वरी पायः जात्रा

ललितपुर। महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोल्लासका साथ मनाइएको छ। आसुरी प्रवृत्तिको प्रतीकमाथि सत्यको विजय भएको सम्झनामा प्रत्येक वर्ष महानवमीको दिन यो जात्रा मनाउने परम्परा रहिआएको छ। मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठका अनुसार नवमीको दिन बिहान ५:०० बजे पाटन मङ्गलबजारको मूलचोकबाट खड्ग लिएर महालक्ष्मी मन्दिरमा पुगी पूजा […]