६३ वर्षपछि पुनर्निर्माण भयो राराको ऐतिहासिक महेन्द्र चौतारी

मुगु – कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालस्थित ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण गरिएको छ । लामो समयदेखि संरक्षण र मर्मतसम्भारको अभावमा जीर्ण बनेको चौतारी नेपाली सेनाको पहलमा पुनर्निर्माण गरिएको हो । रारा राष्ट्रिय निकुञ्जको हुटुस्थित नेपाली सेनाको हनुमान ध्वज गुल्मको अग्रसरतामा विभिन्न सरकारी निकाय, स्थानीय संस्था तथा व्यवसायीको सहकार्यमा चौतारी पुनर्निर्माण गरिएको […]