ऐनअनुसार अनियमितता गरेको ठहर गर्दै अर्घाखाँची सिमेन्ट उद्योगलाई आर्थिक जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनअनुसार अनियमितता गरेको ठहर गर्दै अर्घाखाँची सिमेन्ट उद्योगलाई दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरेको छ। विभागले आइतबार रूपन्देही र काठमाडौंका विभिन्न उद्योग तथा प्रतिष्ठानमा गरेको आकस्मिक बजार अनुगमनका क्रममा उद्योगले ऐन मिचेको प्रमाण भेटिएपछि कारबाही गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको हो। विभागका अनुसार उपभोक्ता संरक्षण […]