‘प्रहरीकै नेतृत्वमा बनेको छानबिन समिति स्वीकार्य छैन’ : अजय सोडारी

काठमाडौं । ट्राफिक प्रहरीको कथित दुर्व्यवहारका कारण एक चालकले आत्मदाहको प्रयास गरेको घटनाप्रति टिप्पणी गर्दै अजय सोडारीले प्रहरीकै नेतृत्वमा गठन गरिएको छानबिन समिति आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सोडारीले ट्राफिक प्रहरीको व्यवहार अत्यन्तै गम्भीर र आपत्तिजनक देखिएको दाबी गरे। उनले घटनाको निष्पक्ष छानबिनका लागि प्रहरीभन्दा बाहिरको स्वतन्त्र समिति […]