काठमाडौँ। सरकारले विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई नेपाल न्याय सेवाको राजपत्राङ्कीत विशिष्ट श्रेणीको पदमा बढुवा गरी नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकको निर्णय सार्वजनिक गर्न आज (शुक्रबार) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले बढुवा नियुक्ति भएका थपलियालाई न्याय परिषद्को सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको […]