कविता : अमिबा-पहिचान

बा भन्नुहुन्थ्यो- विचारलाई बलियो बनाउनू, विचारले जन्माउँछ आकार, त्यही आकार हो चिनारी । सम्झौता नगर्नू विचारमा, अहङ्कारले होइन, अहम्‌ले बाँच्नू सधैँभरि, र पहिचान जोगाउनू । खै, अचेल न्युक्लियस हराएको कोषजस्तै विचार बिलाउँदै गएको हो कि, विचारको लगाम चुँडिएर आकार मात्र फैलिँदै गएको हो ? अमिबाझैँ विस्तारित छ आकार, विशृङ्खलित …