काठमाडौं– प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट प्राप्त विभिन्न तीन विधेयकहरू टेबुल गरिएको छ । सिंहदरबारमा मंगलबार बसेको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला(स्थापना तथा सञ्चालन) विधेयक २०८१, पर्यटन विधेयक २०८१ र चलचित्र विधेयक २०८१ टेबुल गरिएको हो । प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयकहरू टेबुल गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक चैत्र २५ गते बुधबार दिउसो १ बजे […]