प्रधानमन्त्री बालेन आज स्वदेश फर्किँदै, विमानस्थलमा तामझाम नगर्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ शनिबार स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री शाहको स्वागतका लागि विमानस्थलमा कुनै तामझाम नगरिने स्राेतले बतायाे । यसअघि विदेश भ्रमणबाट फर्किँदा प्रधानमन्त्रीको स्वागतमा विमानस्थलमा रेड कार्पेट बिछ्याउने, सलामी दिने तथा मन्त्री, कूटनीतिज्ञ र उच्चपदस्थ अधिकारीको उपस्थितिमा औपचारिक स्वागत गर्ने प्रचलन थियो। स्रोतका अनुसार विमानस्थलमा रेड […]