काठमाडौं– वैयाकरण नेपाल स्मृति पुरस्कारबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सम्मानित भएका छन् । वैयाकरण नेपाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनलाई ५१ हजार पुरस्कार राशि र सम्मानपत्रसहित सम्मान गरिएको हो । वकालत तथा न्याय क्षेत्रमा विशिष्ट योगदान गरेबापत उनलाई प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष एकमणि नेपालले बताए। माध्यमिककालीन कवि वैयाकरण नेपालको १०४औँ स्मृति दिवसका […]