त्यसपछि दोलखामा बस्ने आधार भएन। ठाउँ छोडेँ मैले। जागिर मात्र छुटेन, मेरो मनकी मान्छे पनि छुटी। धेरै रोएँ र निराश भएँ। हिँड्ने बेलामा बाईसम्म भन्न पाइनँ। ‘शरणार्थीले मेरी छोरीलाई ताक्ने!’ उसका बा अर्थात् भूपू प्रिन्सिपलले भनेको कुरा महिनौँसम्म मनमा बिझिरह्यो।