राष्ट्रिय सभा निर्वाचन : कोसीका पाँच प्रदेश सांसद र नौ स्थानीय तहका जनप्रतिनिधिले गरेनन् मतदान

विराटनगर। राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशमा १४ जना जनप्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन्। विराटनगरमा आइतबार सम्पन्न मतदानमा पाँचजना प्रदेश सभा सदस्य र नौजना स्थानीय तहका पदाधिकारीले मतदान नगरेका हुन्। राष्ट्रिय सभा निर्वाचन कार्यालयका अनुसार कोसी प्रदेशमा कुल मतदाताको संख्या प्रदेश सभातर्फ ९२ र स्थानीय तहतर्फ २६७ गरी ३५९ थियो। जसमध्ये ८७ जना प्रदेश सभा […]