सामाजिक सञ्जालको प्रयोगबाट सूचनाको नि:शुल्क उपयोग र उपभोगको सुविधा पाइरहेका नेपालीलाई सरकारले नियमनका नाममा कठोर ढंगले निषेध गरेपछि देशभरि आक्रोश फैलिएयो थियो। सरकारविरुद्ध मुलुकलाई भ्रष्टाचारमा डुबाएको, अकूत सम्पत्ति थुपारेको, नातावादका भरमा अयोग्यहरूले चामत्कारिक प्रगति गरेको, देशलाई ऋणको भारमा जाकेको, अन्तर्राष्ट्रिय छवि धुमिल बनाएको, कर्मचारीतन्त्र, न्यायालय, संवैधानिक अङ्ग, सुरक्षा निकाय, कूटनीतिक नियोग, विश्वविद्यालय लगायतमा दलीय भागबन्डाका […]