सेती पुल: ठेक्का अवधि सकियो, काम आधा पनि सकिएन

पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ। गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएको उक्त पुलमा हालसम्म जम्मा ५० प्रतिशत काम भएको छ।