महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।  सोमबार महाधिवेशन स्थल खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै उनले महिला महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरिन् ।  आफूले महिलाका बाँकी रहेका मुद्दा तथा सवालहरूलाई अझ सशक्त रूपमा उठाउनका लागि महामन्त्री पदमा उम्मेदवारी दिन लागेको उनले बताइन् ।  विद्यार्थी राजनीतिदेखि सुरु गरी […]