ललितपुर पुल्चोकस्थित दाउरा थकालीमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मंगलबार दिउँसो पौने ४ बजेतिर आगलागी भएको हो । आगो नियन्त्रणमा लिइसकिएको छ भने क्षतिको विवरण आउन बाँकी रहेको छ । आगालगी कसरी भयो भन्नेबारे पनि अझै खुलिसकेको छैन।