कम्बोडियाबाट १२ नेपालीको उद्धार

कम्बोडियाबाट १२ जना नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा गैरआवासीय नेपाली संघ कम्बोडियाको समन्वयमा उनीहरूलाई उद्धार गरिएको हो । उद्धार गरिएका नेपालीहरू चैत्र १६ गते कम्बोडियाबाट उडेर मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनीहरू विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन भइरहेका […]