अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसको शक्तिशाली अपिल प्यानल बोर्ड अफ इमिग्रेशन अपिल बीआईएले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूलाई अध्यागमन न्यायाधीशले धरौटीमा रिहा गर्न नसक्ने फैसला गरेको छ। यो निर्णयले दशकौंदेखिको कानूनी बुझाइलाई उल्ट्याएको छ। यसले गर्दा लाखौं आप्रवासीहरूलाई अनिवार्य हिरासतमा राख्नुपर्ने हुन सक्छ। जसका कारण उनीहरूले आफूलाई अमेरिकामा बस्ने राम्रो आधार हुँदाहुँदै पनि स्वेच्छाले देश […]