पूर्वगृहमन्त्री सुधन गुरुङमाथि उठेका सम्पत्ति सम्बन्धी आरोपहरूमा कुनै अनियमितता नदेखिएको निष्कर्षसहित छानबिन समितिले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको छ। उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा गठित तीन सदस्यीय समितिले शुक्रबार प्रधानमन्त्रीलाई बुझाएको ४५ पृष्ठ लामो प्रतिवेदनमा गुरुङको सम्पत्ति विवरण, आय–व्यय र लगानी स्रोतमा शंका गर्नुपर्ने आधार नभेटिएको उल्लेख गरिएको छ। समितिका अनुसार गुरुङले सार्वजनिक पदमा […]