१४ वटा शिखर र एउटी साहसी नेपाली छोरी दावा याङ्जुम शेर्पा

सन् २०२४ अक्टोबर ९ को त्यो सुनौलो बिहानी, जब नेपाली समय अनुसार ५ः३० बजे तिब्बतस्थित शिशापाङ्मा (८,०२७ मिटर) को सर्वोच्च बिन्दुमा बिहानीको पहिलो किरण ठोक्कियो, त्यतिबेला इतिहासले नयाँ पाना पल्टाउँदै थियो । ३३ वर्षीया दावा याङ्जुम शेर्पाले जब शिशापाङ्माको बरफमा आफ्नो पाइला अडाएर विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण पूरा गरिन्, […]