न्युयोर्क — अमेरिकामा सक्रिय अन्तर्राष्ट्रिय विद्यार्थी अभिलेखको संख्या सेप्टेम्बरमा ८४ हजार ५३६ ले बढेको छ। गर्मीयाममा लगातार घटेको विद्यार्थी संख्यामा नयाँ सेमेस्टर सुरु भएसँगै उल्लेख्य सुधार आएको अमेरिकी होमल्याण्ड सेक्युरिटीअन्तर्गतको सेभिज तथ्यांकले देखाएको छ। तथ्यांक अनुसार सक्रिय अन्तर्राष्ट्रिय विद्यार्थी अगस्टमा ११ लाख १४ हजार १७६ रहेकोमा सेप्टेम्बरमा बढेर ११ लाख ९८ हजार ७१२ पुगेको हो। […]