काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादशैंको प्रमुख दिन विजयादशमीका अवसरमा आज घरघरमा मान्यजनबाट रातो टीका र जमरा लगाएर आशीर्वाद लिने क्रम जारी छ। नवदुर्गाको प्रसादका रूपमा रातो टीका र सुख, शान्ति तथा समृद्धिको प्रतीक जमरा ग्रहण गर्ने परम्पराअनुसार दशैं मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन […]