अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन

इराकमाथि सन् २००३ मा भएको अमेरिकी आक्रमणका मुख्य योजनाकार तथा शक्तिशाली उपराष्ट्रपतिहरूमध्ये एक मानिने अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले निमोनिया र मुटु तथा रक्तनलीसम्बन्धी रोगका जटिलताका कारण सोमबार उनको निधन भएको जानकारी दिएको हो। पूर्व उपराष्ट्रपति चेनीले सन् २००१ देखि २००९ सम्म राष्ट्रपति जर्ज डब्ल्यू. बुसका कार्यकालमा सेवा […]