कोप–३१ मा शून्य फोहोर र दिगो व्यवस्थापनबारे छलफल

अन्ताल्या – जलवायु परिवर्तन न्यूनीकरण र दिगो फोहोर व्यवस्थापनमा शून्य फोहोर (जिरो वेस्ट) को भूमिका उजागर गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा विशेष संवाद कार्यक्रम आयोजना गरिएको छ । क्रिएसन नेपालको आयोजनामा नेपालको राष्ट्रिय पेभिलियनमा भएको कार्यक्रममा दिगो फोहोर व्यवस्थापन, चक्रीय अर्थतन्त्र र विश्वव्यापी रूपमा अपनाइएका व्यावहारिक समाधानबारे छलफल गरिएको थियो […]