चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

एजेन्सी– चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। यो रकेट उत्तरपश्चिम चीनस्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट दिउँसो १२ः३३ बजे (बेइजिङ समयअनुसार) प्रक्षेपण गरिएको थियो । रकेटले सबै उपग्रहहरूलाई सफलतापूर्वक निर्धारित कक्षामा पुर्‍याएको जनाइएको छ । यो मिसन लिजियान रकेटको १३औँ उडान तथा लिजियान शृङ्खलाको १४औँ प्रक्षेपण हो […]