महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण, बैंकमा २९ लाख नगद मौज्दात

स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। संसद सचिवालयले विवरण सार्वजनिक नगर्ने आशंका भएपछि उनले सामाजिक सञ्जालमार्फत नै विवरण सार्वजनिक गरेको बताएका छन्। पुनले सार्वजनिक गरेको विवरणअनुसार उनीसँग चार वटा जग्गा रहेको छ भने घर भने छैन। हाल उनी भाडाको घरमा बस्दै आएको उल्लेख गरेका छन्। उनका अनुसार कास्कीको माझठाना गाउँपालिकामा रहेको […]