दमौली (तनहुँ), २६ असोज । स्थानीय बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका छन् । याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दूध बिक्रीका आधारमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको सहकारीका अध्यक्ष काशीनाथ भट्टराईले जानकारी दिए । सहकारीमार्फत गत आर्थिक वर्षमा सबैभन्दा बढी दूध बिक्री गर्ने नमुना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल प्रथम भएको छ । उनले […]