रूपन्देही। विद्युतीय गाडी दुर्घटना हुँदा रूपन्देहीमा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा सैनामैना नगरपालिका-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम विक छन्। दुर्घटनामा अन्य चार जना घाइते छन्। रूपन्देही सिटी अस्पतालमा उपचाररत चारमध्ये तीन जनाको अवस्था गम्भीर रहेको रूपन्देही प्रहरीका सूचना अधिकारी […]