धादिङबेसीमा अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता, ८४ खेलाडी पुरस्कृत

धादिङ । नीलकण्ठ स्पोर्ट्स क्लबको आयोजनामा धादिङबेसीमा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपाल र भारतका गरी १५० खेलाडीले सहभागिता जनाएका छन्। विभिन्न उमेर, तौल समूह तथा कातातर्फ प्रतिस्पर्धा भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ८४ खेलाडी पुरस्कृत भएका छन्। प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा कराँते प्रशिक्षक ध्रुवविक्रम मल्ललगायत खेलकुद […]