के २४ भदौ देशको सार्वभौमसत्तामाथि आक्रमण भएको कालो दिन हाे ?

केही नामचिन पत्रकारले मलाई समेत यसलाई आन्दोलन वा क्रान्ति भनाउन कोसिस नगरेको होइन । मैले स्पष्ट शब्दमा यो देशद्रोह र राष्ट्रघात हो भनेको थिएँ । यसलाई क्रान्ति भन्नेहरू देशद्रोही र राष्ट्रघाती हुन् भनेको थिएँ र त्यसमा दृढ छु ।