म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा निर्माण हुन लागेको १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ। म्याग्दी र गुर्जाखोलाको दोभानमा वडाध्यक्ष यामबहादुर घर्तीले पहुँचमार्ग निर्माण कार्यको औपचारिक सुरुआत गरेका छन्। प्रवर्द्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चरका अनुसार दोभानदेखि अर्चेको फेदीमा रहने बाँध निर्माणस्थलसम्म करिब आठ किलोमिटर लामो पहुँचमार्ग निर्माण गरिनेछ। पहुँचमार्ग निर्माण पूरा […]