मन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच विद्युत् निर्यातको सीमा बढाउने विषयमा छलफल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार भएको शिष्टाचार भेटवार्तामा विद्युत् निर्यातको सीमा बढाउन आवश्यक सहजीकरण र अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तारबारे छलफल भएको छ । भेटमा निर्माणाधीन आयोजना निर्धारित समयमै सम्पन्न गर्ने विषयमा पनि कुराकानी भएको थियो । मन्त्री श्रेष्ठले राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना […]