एजेन्सी - च्याम्पियन्स लिमा बायर्न म्युनिख र इन्टर मिलानले विजयी सुरुवात गरेका छन्। बायर्नले एलिएन्ज एरिनामा चेल्सीलाई ३–१ ले पराजित गरेको छ। खेलको २० औं मिनेटमा चेल्सीका ट्रेभो चालोबाहको आत्मघाती गोलले बायर्नले अग्रता लियो। २७ औं मिनेटमा हेरी केनले पेनाल्टीमार्फत दोस्रो गोल थपे। तर दुई मिनेटमै चेल्सीले खेलमा फर्कने प्रयास गर्यो। कोल पाल्मरले गोल गरे।