भदौ २३ र २४ को घटना बुझाउन नसक्दा एमाले नेतृत्वबारे भ्रम फैलियो- उपमहासचिव भट्ट

‘हामीले गरेका कामलाई तलसम्म जनतासँग पुर्‍याउन सकेनौं। भदौ २३ र २४ को घटनालाई पनि ठीक ढङ्गले जनतासमक्ष संप्रेषण गर्न सकेनौं। त्यसको परिणाम नै अहिले हामीले भोगिरहेका छौं र यसलाई स्वीकारेर अगाडि बढ्नुपर्छ,’ उनले भने।