वालिङ– विद्यालय बिदाको समयलाई सदुपयोग गर्दै यहाँका बालबालिकालाई सारङ्गी बजाउन सिकाइँदै छ । जिल्लाको पुतलीबजार नगरपालिकाअन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई ज्येष्ठ नागरिकले मौलिक बाजा सारङ्गी बजाउन सिकाउन थालिएको हो । गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालय स्याङ्जाले ज्येष्ठ नागरिकहरूमा रहेको ज्ञान, सीप र अनुभव अन्तरपुस्तामा हस्तान्तरण गर्ने कार्यक्रमअन्तर्गत बालबालिकालाई सीप सिकाउन थालिएको हो । एकीकृत […]