भीमेश्वर नगर भित्रका निजी विद्यालय आइतबार बन्द गर्न निर्देशन

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शिक्षण संस्थाहरूमा हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनका लागि निर्देशन जारी गरेको छ । नगरपालिकाको शिक्षा शाखाले नगर क्षेत्रभित्रका सबै सामुदायिक र संस्थागत (निजी) विद्यालयहरूलाई परिपत्र गर्दै उक्त निर्णय अनिवार्य रूपमा पालना गर्न भनेको हो । ​नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा शिक्षा तथा मानव स्रोत […]