नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीका क्रममा ट्याङ्करको यान्त्रिक सुरक्षा प्रणाली बिगारेर अनधिकृत रूपमा डिजेल झिकेको घटनामा ट्याङ्कर चालक, सहचालक र पेट्रोल पम्पमाथि कारबाही गरेको छ। निगमको लुम्बिनी प्रादेशिक कार्यालय रूपन्देहीका अनुसार अमलेखगञ्जस्थित मधेस प्रादेशिक कार्यालयबाट भलवारी डिपोका लागि डिजेल बोकेर आएका तीन ट्याङ्करबाट बाटोमै अनधिकृत रूपमा डिजेल निकालिएको पाइएको हो। तीनवटै ट्याङ्करले २०–२० हजार […]