काठमाडौं। प्रहरी प्रधान कार्यालयले मधेस प्रदेशका दुई जिल्लाका प्रहरी प्रमुख (एसपी)परिवर्तन गरेको छ। प्रधान कार्यालयले बिहीबार मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरलाई धनुषा प्रहरी प्रमुख र एसपी रविन कार्कीलाई रौतहट प्रहरी प्रमुखको जिम्मेवारीमा खटाएको हो। रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरी र धनुषा प्रहरी प्रमुख एसपी नरहरि रेग्मीलाई फिर्ता बोलाइएको प्रवक्ता […]