एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत

काठमाडौँ। सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएको छ। प्रहरी प्रधान कार्यालयमा उनले १२ कात्तिकमा राजीनामा बुझाएका थिए। उनको राजीनामा प्रहरी महानिरीक्षक (आईजीपी) ले निर्णय गरेर गृह मन्त्रालय पठाएका थिए। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार एसएसपी रानाभाटको राजीनामा बिहीबार स्वीकृत गरिएको हो।