चार वर्षअघि २४ वर्षीया आस्था राई (नाम परिवर्तन) आफ्नो चिउँडो अस्वाभाविक बाहिर निस्किएको र यसकै कारण बिहे नहुने हो कि भन्ने चिन्तामा थिइन्। अनुहारको बनोटकै कारण आत्मविश्वास खस्किएपछि उनले कस्मेटिक सर्जरी गराउने निर्णय गरिन्। आस्थाको शल्यक्रिया गर्ने डाक्टर थिए, वीर अस्पतालका अर्थोडन्टिस्ट मनीष वज्राचार्य। उनको चिउँडोको भाग धेरै बाहिर निस्किएकाले दाँत, चिउँडोलगायत पूरा अनुहारकै संरचनाको […]