काठमाडौं– अन्नपूर्ण चक्रीय पदमार्ग अन्नपूर्ण क्षेत्रका सुन्दर पहाड लगायत त्यस क्षेत्रको विविध सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरुको अवलोकन तथा पद पर्यटनमा रमाउनेहरूको लागि एक उत्तम गन्तव्य हो । विविध परम्परागत गाउँघरहरू, गाउँले परिवेश, भिन्न संस्कार र संस्कृति, हिउँले ढाकिएको विशाल पर्वतहरू पदयात्राको क्रममा देख्न र अनुभूत गर्न पाइने हुँदा यस पदमार्ग विश्व चर्चित बनेको छ […]