काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी छ। बुधबार बिहान सवा ९ बजेदेखि सुरु भएको मतदान मध्यरातिसम्म पनि सकिएको छैन। एमालेका २२६३ प्रतिनिधिमध्ये आधाजतिले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ। एमालेको अहिलेको अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर केपी शर्मा ओली लगातार तेस्रोपटक पार्टी हाँक्ने तयारीमा छन्। उता अहिलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यसपटक […]