काठमाडौँ। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)ले आफ्नो २८औँ वार्षिक साधारणसभाका अवसरमा विभिन्न विधाका पाँचजना व्यावसायिक फोटो पत्रकारलाई सम्मान गरेको छ। ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतित्यमा आज (आइतबार) भएको कार्यक्रममा विभिन्न पाँच विधामा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ प्रदान गरेको हो। एनएफपीजेले ‘साहसिक फोटो पत्रकारिता सम्मान’ नवीनबाबु गुरुङ, ‘पर्यावरण-पर्यटन फोटो पत्रकारिता सम्मान’ […]