स्थानीय उद्योगीलाई सुन्न विराटनगर झर्यो महासंघको उद्योग समिति, मोरङका व्यवसायी उत्साहित

नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समिति स्थानीय उद्योगीका समस्या सुन्न विराटनगर पुगेपछि उद्योग संगठन मोरङले उक्त पहलको स्वागत गरेको छ। समितिका सभापति उज्ज्वल श्रेष्ठको संयोजनमा संगठनको सचिवालयमा भएको बैठकमा उद्योग सञ्चालनका कठिनाइ र समाधानका उपायबारे छलफल भएको हो। उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले महासंघको उद्योग समिति पहिलोपटक आफ्नो संस्थामा आएर प्रत्यक्ष संवाद गरेको बताए। […]