कान्स स्टल विवादमा हस्ताक्षरबिनाको विज्ञप्तिबाट बोल्यो विकास बोर्ड

काठमाडौं – कान्स फिल्म फेस्टिभलको स्टल विवादमा चलचित्र विकास बोर्डले स्पष्टीकरण दिएको छ । कान्समा नेपालको तर्फबाट बोर्डले राखेको स्टलमा उक्त फेस्टिभलमा आधिकारिक छानिएको फिल्म ‘एलिफेन्ट इन द फग’को पोस्टर समावेश नभएको पाइएपछि सामाजिक सञ्जालमा चलचित्रकर्मीले विभिन्न टिप्पणी गरेका थिए । आधिकारिक रुपमा चयन भएको फिल्म पोस्टरलाई बोर्डले समावेश नगर्नुलाई धेरैले लज्जाको विषय मानेका छन् […]