काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप समयसँगै जटिल बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि प्रभावकारी जनचेतना, सुशासन तथा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। विश्व मानव बेचबिखनविरुद्धको दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले सूचना प्रविधिको विस्तारसँगै मानव बेचबिखनका नयाँ तरिका विकसित भएकाले यसविरुद्धको अभियानलाई पनि समयानुकूल बनाउनुपर्ने […]