काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी चैत १२ गते बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार बैठक बोलाइएको हो । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक १२ गते दिउँसो ४:०० बजे पार्टी केन्द्रीय कार्यालय, घण्टी घरमा बस्नेछ । बैठकमा केन्द्रीय समितिका सदस्यहरूको अनिवार्य उपस्थिति गराउन निर्देशन दिइएको छ । […]