मुग्लिन–नागढुंगा सडक तीन दिनसम्म रातको समयमा बन्द हुने

मुग्लिन–नागढुंगा सडक आजदेखि तीन दिनसम्म रातको समयमा बन्द हुने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिरलगायतका स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेका कारण रातको समयमा सडकखण्ड बन्द गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङले जानकारी दिए । उनले आजदेखि तीन दिनसम्म राति १० बजे देखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर […]