त्रिभुवन विमानस्थलमा सुनजस्तो धातुका गरगहनासहित दुई नेपाली पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुका गरगहनासहित दुई जना नेपाली नागरिक पक्राउ परेका छन् । कतारको दोहाबाट कतार एयरवेजमार्फत काठमाडौँ आएका यात्रुले भन्सार छली ल्याएको सुनजस्तो देखिने पहेँलो धातुका गरगहना अवैध रूपमा लैजान तथा संकलन गर्न खोजेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा कार्यालयका अनुसार धनुषाको विदेह-३ का ३१ वर्षीय अनिल […]