सिटिजन्स क्यापिटलको साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित

सिटिजन्स क्यापिटल लिमिटेडको २०औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सोमबार काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सम्पन्न सभाले लाभांश प्रस्ताव स्वीकृत गरेको कम्पनीले जनाएको छ। कम्पनीले यसअघि असोज १९ गतेका लागि साधारण सभा बोलाउँदै १३ प्रतिशत नगद लाभांशको प्रस्ताव सार्वजनिक गरेको थियो। सभाले […]