सात लाख बढी स्वास्थ्य बिमामा आबद्ध, झन्डै आधा कैलालीका

सुदूरपश्चिम प्रदेशमा भदौ मसान्तसम्म ७ लाख ३२ हजार ७५२ नागरिक स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका छन्। स्वास्थ्य बिमा बोर्डको सुदूरपश्चिम कार्यालयका अनुसार प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी बिमित कैलालीमा छन्। बोर्डका प्रदेश संयोजक जनकबहादुर साउदले बिमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट विवरणअनुसार कैलालीका ३ लाख ६१ हजार ९७९ नागरिक आबद्ध भएको जानकारी दिए। यो प्रदेशको कुल […]